An exclusive college for Science and Management
शिक्षादीप कलेजद्धारा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान र पुरस्कार

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।

कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १ सय ३८ जना विद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो।

सम्मानित हुने १ सय १८ जना विज्ञान संकाय र २० जना व्यवस्थापन संकायका कक्षा ११ र १२ का विद्यार्थीहरू रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए ।

कलेजले निश्चित मापदण्ड तय गरी उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । कक्षा ११ र १२ मा २ हजार ५ सय विद्यार्थीहरू अध्ययनरत रहेका मध्ये ७५ प्रतिशत अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको कलेजले जनाएको छ । उत्कृष्ट मध्ये पनि प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट दशभित्र पर्ने ४२ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको छ । ६० प्रतिशत अंक ल्याउने तीन सय भन्दा बढी विद्यार्थीहरुलाई कलेजले यसअघि छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।