An exclusive college for Science and Management
निबन्ध प्रतियोगितामा शिक्षादिप कलेज प्रथम

कोशी प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर आयोजना गरिएको ‘संविधान कार्यान्वयन : चुनौती र समाधान’ विषय अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा शिक्षादीप कलेजका छात्र र छात्रा दुवै विधामा प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

एक दर्जन विद्यालयलाई पछि पार्दै छात्रातर्फको प्रथम शिक्षादीप कलेजकी कक्षा १२ मा विज्ञान सङ्कायमा अध्ययनरत एन्जल राई भइन् । छात्रतर्फको प्रथम पनि शिक्षादीप कलेजकै कक्षा ११ मा अध्ययनरत सुगम ढकाल घोषित भए ।

उत्कृष्ट हुने विद्यार्थीहरूलाई कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त पुरस्कार वितरण कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र निर्देशक भूपेन्द्र दाहालको पनि उपस्थिति रहेको थियो ।

त्यसैगरी छात्रातर्फको द्वितीय बिकेभिएम स्कुलकी स्वीकृति अधिकारी र तृतीय सेन्ट म्यारिज स्कुलकी उषासिंह कार्की घोषित भइन् । छात्रतर्फको द्वितीय बिकेभिएका सफल तिम्सिना र तृतीय अरनिको कलेजका अनुक्रम काफ्ले भए ।