An exclusive college for Science and Management
शिक्षादीप कलेजद्वारा उत्कृष्ट शिक्षक र कर्मचारी सम्मानित

विराटनगर / विराटनगरस्थिति शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो ।

यसरी सम्मानित हुने फिजिक्स विषय पढाउने शिक्षक दयानन्द सिंह दनुवार, व्यवस्थापन संकाय तर्फका कर्मचारी राम पौडेल र विज्ञान संकायतर्फका कर्मचारी दिपा बस्नेत(केसी) रहेकी छिन् । सम्मानित भएका शिक्षक र कर्मचारीलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री राजभण्डारीले अनुसाशित भएर अध्ययन गरे विद्यार्थीहरुले सफलता हात पार्ने बताए । उनले अहिलेको शिक्षा सीपसहितको रोजगारमुखी शिक्षा आजको आवश्यक भएको बताए । विद्यालयहरुले सीपसहितको रोजगारमुखी शिक्षा दिनुपर्नेमा जोड दिए ।
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपमा सबै उत्कृष्ट शिक्षकहरु रहेको जानकारी गराउँदै विद्यार्थीले दिएको भोटको आधारमा एक जना उत्कृष्ट शिक्षक र कर्मचारीहरुलाई छनौट गरी सम्मान गरेको बताए । उनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताए ।

गुणस्तरीय शिक्षा प्रदानमा शिक्षादीप कलेज सधै अगाडी रहेको छ । यहाँ अध्ययरत विद्यार्थीहरुले सर्वाेत्कृष्ट नतिजा ल्याउने गरेका छन् । उच्च माध्यमिक शिक्षा परीषदले लिने परीक्षामा पनि यहाँ अध्ययरत विद्यार्थीहरुले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । यसअघि शिक्षादीपमा अध्ययरत छात्रा अदिती कुमारी जैनले एमबीबीएस इन्ट्रान्समा छात्रातर्फ टप गरेकी थिइन् ।

https://khabarpurwanchal.com/2023/06/25/63421/?fbclid=IwAR1bwdCCzPzoW4PJFG5OjbimAuoh8qbHp_1szsDhPnD_kho70kKYXSUiguo