An exclusive college for Science and Management
शिक्षादीपमा साइबर सेक्युरिटी सम्बन्धी तीन दिने कार्यशाला सुरु

विराटनगर / विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ ।

कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आजदेखि सुरु भएको हो । तालिममा विज्ञान र व्यवस्थापक संकायका ४ सय बढी विद्यार्थीहरु सहभागि रहेको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विद्यार्थीहरुलाई समय सुवाउँदो प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले दोस्रो पटक विज्ञ टोली ल्याएर कार्यशालामा सहभागि गराएको प्रिन्सिपल खड्काले बताए ।

‘प्राविधिक शिक्षा अहिलेको जीवन उपमुखी शिक्षा हो । यसमा विद्यार्थीहरुलाई जोडेर स्वरोजगार बनाउने हाम्रो उद्देश्य हो । यस्तो खालको कार्यशाला शिक्षादीपले पहिलो पटक काठमाण्डौबाहिर विराटनगरमा गरेको छ,’ प्रिन्सिपल खड्काले भने, ‘जहिले पनि नयाँ कुरा हामी ल्याउँछौं । यसको नेतृत्व गरेर शिक्षादीपक अगाडी बढेको छ ।’ विद्यार्थीहरुलाई समय सुवाउँदो शिक्षाको लागि प्राविधिकमा बढी जोड दिएर अगाडी बढउने उनले बताए ।

आउँदो नयाँ शैक्षिक सत्रबाट आफ्नो आइटि ल्याब शिक्षादीपले स्थापना गर्ने पनि प्रिन्सिपल खड्काले बताए । ‘अहिले कलेजमा रहेको ५४ भन्दा बढी कम्प्युटरमा ल्याबमा विद्यार्थीहरुले एक साथ कम्प्युटर ल्याबमा काम गर्दै आएका छन्,’ उनले भने ।

तीन दिने कार्यशाला गोष्ठीको सहजिकरण कोड हिमालयका साइबर सेक्युरिटी डिभिजन प्रमुख भरत बस्यालले गरेका छन् । कार्यशालामा साइबर सुरक्षा सम्बन्धी अन्य विभिन्न विषयमा जानकारी विद्यार्थीहरुलाई गराइने उनले बताए ।