An exclusive college for Science and Management
विराटनगरको शिक्षादिप कलेजका १३७ जना विद्यार्थी सम्मानित

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउने १ सय ३७ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजले कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक ल्याउन सफल १३७ जना विद्यार्थीहरूलाई बुधबार कलेज परिसरमा आयोजित एक विशेष समारोहका बीच सम्मान गरेको हो । सम्मानित हुनेहरूमा कक्षा ११ का ७७ जना र कक्षा १२ का ६० जना विद्यार्थी रहेका छन् । कलेजले ८० प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने सण्बै विद्यार्थीलाई सम्मान पत्र प्रदान गरेको छ भने कक्षागत रूपमा उत्कृष्ट १ भित्र पर्न सफल (टप टेन) विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप नगद राशिसहित सम्मान गरेको छ ।